राजनीति

प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुन्छ : सांसद सापकोटा

By खबरहब

August 20, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन् ।

आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन् ।

उनले एमालेले सधै अडान लिएरमात्रै नहुने भन्दै सोमबार बस्ने दलहरुको बैठकमा केही न केही सहमति हुने उल्लेख गरे । उनले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्ने र सीआईबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे ।

सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।