फाइल तस्वीर

राजनीति

नेकपा एसको पोलिटब्युरो बैठक सुरु

By खबरहब

August 20, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकको पहिलो दिन २६ जना पोलिटब्युरो सदस्यहरुले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकको सुरुमै पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै गम्भीर चुनौतीको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम विकल्प भएको बताएका थिए । भ्रष्टचार नियन्त्रणका लागि सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले बताए ।

त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोही पनि नछुटोस भन्ने भावनाले काम गर्न आह्वान गरेको खतिवडाले जानकारी दिए ।

पोलिटब्यूरो बैठक सोमबार समापन हुने उनले बताए । भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ ।