प्रवास

प्रधानमन्त्री दाहाल र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फातिमाको भेट

By खबरहब

September 20, 2023

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फातिमाबीच भेटवार्ता भएको छ ।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा  भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फातिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन् ।

न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।