अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्धमा विश्वको चासो

By मनोज घिमिरे

September 20, 2023

रुसको युक्रेनमाथिको हमला, यसैले निम्त्याएको जीवन यापनको समस्या र जलवायु परिवर्तनले निम्त्याएको जोखिम वर्तमान विश्वका प्रमुख समस्या हुन्। यी मात्र होइनन्, आर्टीफीसीयल इन्टलीजेन्सलगायत प्रविधिका कारण मानिसको जीवन सहज बन्यो। तर यसले थुप्रै समस्या पनि निम्त्याएको छ।

प्रविधिको प्रयोगसँगै गोप्यता भङ्ग,प्रविधिको चोरी, साइबर अपराध र बैंकिङ सुरक्षा लगायत विषयमा समस्या देखिएका छन्। संयुक्त राष्ट्र सङ्घको वार्षिक सभामा न्यूयोर्कमा उपस्थित संसारका १ सय ४० देशका नेताका लागि यी विषय नै मुख्य चासोका विषय हुन्।

राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजमै मतमा भने संसार अहिले यी समस्यामा एकजुट हुनुपर्ने अवस्था भए पनि विभाजित भएका छन्। भूराजनीतिक कारणले संसार विभाजित अवस्थामा रहेकाले यी विषयमा एकजुट हुन अझै कठिन भएको गुटीरेजले बताएका छन्। यसका कारण आएको तनावका कारण समस्या अझ बल्झिँदै गएको उनको मत छ।

युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीका लागि यस सम्मेलनबाटै सबैको सहयोग पाउने अपेक्षा छ। उनले आफ्नो तर्फबाट पनि सम्मेलनमा सम्बोधन गरे। उनको विश्व समुदायसँगको अपिल पक्कै अर्थपूर्ण हुनेछ। उनको सुरक्षा परिषद्को बैठकमा उपस्थिति पनि विशेष महत्त्वकै विषय हो।

रुसी सेनाको विरुद्धको प्रत्याक्रमणमा भएको ढिला सुस्ती र अन्तर्राष्ट्रिय सहयोगको विषयमा यस सम्मेलनमा उठ्ने महत्त्वपूर्ण विषय हो। रुसी आक्रमणको विरोध गर्न हिचकिचाइरहेका कतिपय एसियाली अफ्रिकी र दक्षिण अफ्रिकी देशसँग उनले खुला बहस गर्नेछन्।

दक्षिणी गोलार्धको तथाकथित एकताको कुरा गर्दै तटस्थ रहने सोचका धेरै देशका नेतासँग सायद जेलेन्सकीको प्रश्नको जवाफ पनि छैन। यो युद्ध युरोपेलीका लागि मात्र चिन्ताको विषय होइन यस युद्धले निम्त्याएको आर्थिक संकट विश्वका लागि समस्याको विषय हो।

जेलेन्सकी र उनका युरोपेली सहयात्रीको चिन्ता यो हो कि त्यहाँ उपस्थित विश्वका धेरै नेताहरू युद्धका विषयमा कुरा गर्न पन्छिएर जलवायु परिवर्तन र आर्थिक सङ्कटका विषयमा मात्र केन्द्रित हुन चाहन्छन्।

मङ्गलबारको आफ्नो मन्तव्यमा जेलेन्सकीले बारम्बार सिङ्गो संसारलाई रुसी आक्रमणविरुद्ध एकजुट हुनका लागि अपिल गरे। उनले आणविक हतियार सहितको रुसी सेनालाई संसारका सामु निर्णायक युद्ध गर्नबाट रोक्नसमेत अनुरोध गरे।

उनले जलवायु परिवर्तनलगायत विषय महत्त्वपूर्ण भए पनि मस्कोलाई युद्धबाट पछाडि धकेलेपछि मात्र अन्य समस्या समाधान हुन सक्ने कुरामा जोड दिए। उनले रुसले आणविक हतियार राख्ने कुरा अधिकार नभएको कुरामा जोड दिए। ‘हतियार निःशस्त्रीकरण हुनुपर्छ। युद्ध अवरोध रोकिनुपर्छ र उनीहरू आफ्नै भूमिमा फर्कनु पर्छ’, उनले भने।

राष्ट्रपति जेलेन्सकीस्ले युक्रेनका बच्चा अपहरण गरेर रुसले नर संहार गरी रहेको समेत बताए। गएको मार्च महिनामा अन्तर्राष्ट्रिय अदालतले युक्रेनका बच्चालाई गैर कानुनी ढङ्गले रुसमा लगेकोमा रुसी राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश जारी गरेको थियो।

युक्रेनले लगाएको आरोपलाई मस्कोले बारम्बार गलत दाबी गरी रहेको छ। तर, धेरै सङ्ख्याका अन्तर्राष्ट्रिय विज्ञले रुसले युद्ध अपराध गरेको थुप्रै घटना भएको जनाएको छ। जेलेन्सकीले अहिले रुसले सबै युद्ध नीति विपरीत काम गरेको तथा युद्ध अपराध मच्चाएर संसारलाई आतङ्कित बनाएको आरोप लगाएका छन्।

जेलेन्सकीको सिङ्गो संसारका सामु थुप्रै गुनासो राखे। धेरै देशले क्रेमलिनसँग आर्थिक समझदारी र सम्झौता गरेका छन्। युरोपेली युनियनका नेताको ध्यान जलवायु परिवर्तनको पक्षमा बढी छ।

दिनको सुरुवातमा अमेरिकी राष्ट्रपति जो वाइडेनले सम्बोधनको क्रममा निरन्तर सहयोग जारी रहने बताए।

अहिले रुसलाई ड्रोन सहयोग गरेको इरानका राष्ट्रपति मोहम्मद रइसीले अमेरिकाको युक्रेनलाई भड्काएर युद्ध गरेको आरोप लगाए। उनले अमेरिकाले रुस र युक्रेन बीचको युद्धलाई बढाएर अमेरिकाले युरोपलाई नै कमजोर बनाउन खोजेका आरोपसमेत लगाए।

जेलेन्सकीले संसारका सामु आफ्नो गुनासो राखी रहेको समयमा युक्रेनी सेना सीमामा रुसी सेनासँग लडाइँ गरिरहेको छ। पछिल्लो समय युक्रेनका लागि केही सुखद समाचार पनि थिए।

थुप्रै स्थानमा युक्रेनी सेनाले केही स्थानमा रुसको बलियो रक्षा कबच पार गर्दै युक्रेनी सेना अहिले अगाडि बढीरहेका छन्। गएका केही दिनदेखि युक्रेनी सेना हाबी हुँदै आएका हुन्। फ्रन्टलाइन पार गर्ने कुरामा युक्रेनी सेना अहिले आशावादी देखिएको छ।

आफूले गुमाएको जमिन फिर्ता गराउन गत जुन महिना देखि युक्रेनी सेनाले रुसका विरुद्धमा प्रत्याक्रमण हमला गरी रहेको छ। ९ सय ६५ किलो मिटरको फ्रन्टलाइन युक्रेनले तीन स्थानमा आक्रमण गरेको हो। यी तीन स्थान मध्ये झम्पोझारियाको दक्षिण पूर्वी क्षेत्र एकदमै महत्त्वपूर्ण छ। यस स्थानमा युक्रेनले सफलता पाएमा रुसको एउटा आपूर्तिको चेन नै नास हुने छ। रोबटन्या र भरबोभको त्यस स्थानमा खासै कुनै प्रगति हुन सकेको छैन।

यस प्रत्याक्रमणको सम्भावना मस्कोले धेरे महिना अगाडी नै देखेको थियो। यस कारण उसले रक्षा कबचलाई बलियो बनाएर राखेको थियो। स्पेसलाईट देखि इन्टर लक अबोधसम्मको तयारी उनीहरूले गरेका थिए। उनीहरूले ट्रेन्च बङ्कर र एम्बुससम्म सबै प्रयोग गरे। एक वर्ग मिटरमा पाँच वटा माइनहरू बिछ्याइएका छन्।

यसरी प्रत्याक्रमण भई रहेको समयमा केही युद्ध विशेषज्ञहरूले भने युक्रेन नै समस्यामा परेको बताएका छन्। किङ्स कलेज लन्डनका युद्ध अध्ययनका डा।। मारिना मिरोनले अब युक्रेनका लागि थप सेना आवश्यक रहेको कुरा बताएका छन्। युक्रेनी सेना तटीय क्षेत्रबाट १० प्रतिशत अगाडी बढेको छ। अहिले युक्रेनी सेनाको चासो टाकेमाकमा प्रवेश गर्ने छ। टोकमोकमा युक्रेनी सेना प्रवेश गर्न सकेमा यसले धेरै कुरामा रुसी सेनालाई अप्ठेरोमा पार्न सक्ने छ।

१९ सेप्टेम्बरको दिन युरोपेली युनियनका प्रमुख र्चाल्स माइकलले पनि सम्बोधन गरे। उनले पहिलो साता यस पछि युरोपेली युनियनका प्रमुखले लगातार द्विपक्षीय वार्तामा आफूलाई समावेश गर्ने कार्यक्रम छ। उनको पनि चासो रुस युक्रेन युद्ध भन्दा बढी वित्तीय विषय देखियो।

यसैबीच माइकलले वित्तीय क्षेत्रलाई कसरी बलियो बनाउन सकिन्छ भनेर आफ्नो कुरा राखेका छन्। आफ्नो सम्बोधनमा माइकलले जलवायु परिवर्तन, बायो डाइभर्सीटी, महामारी र गरिबी निवारणको विषयमा एउटा रोडम्यापको आवश्यकता भएको औल्याउदै लामो दृष्टिकोण राखेका थिए।

पुन उत्थानका लागि उनले तीन विषयमा आफूलाई केन्द्रित गरे। विकास वित्त, ऋण उन्मुलन र जलवायु वित्तको विषयमा उनले आफ्नो कुरा राखेका थिए। यो एक साता अझ लामो विषयमा छलफल हुन सक्नेछ। विकाशोन्मुख देशका नेताका लागि आफ्ना कुरा खुलेर राख्ने अवसर पनि हुनेछ।

यस सम्मेलनको अर्को महत्त्वपूर्ण पक्ष गुटीरेजको रुस, युक्रेन र टर्कीसँगको भिन्न भिन्नै छलफल हो। अन्य थुप्रै विषय छलफलका लागि तयार हुनेछ। टिकाउ पूर्ण ऊर्जाको विषयमा पनि छलफल हुने छ।

२२ सेप्टेम्बरसम्म विभिन्न विषयमा छलफल हुनेछ। यी मध्य युक्रेनको चासो सायद सबै भन्दा महत्त्वपूर्ण हुनेछ। किनकी त्यसै युद्धसँग ऊर्जा संकट, गरिबी निवारण र थुप्रै देशको खाद्यान्न सङ्कटका समस्या संलग्न छन्।

स्रोतः बीबीसी, सीएनएनख कन्जीलीजुयमडट युरोपा