अन्तर्राष्ट्रिय

अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु

By खबरहब

September 20, 2023

काराबाख– अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन् ।

आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन् ।

अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ ।

अजरबैजानले सो क्षेत्र कब्जा गर्ने उद्देश्यले आक्रमणलाई तिव्र बनाएको बताइएको छ ।