राजनीति

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा संविधान दिवसको शुभकामना

By खबरहब

September 20, 2023

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । 

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्तिमार्फत अमेरिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै यो नेपालले गरेको उल्लेखनीय प्रगति र राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण भएको उल्लेख गरेका छन् ।

विदेशमन्त्री ब्लिन्केनले समझदारी, विश्वास, र सद्भावनालाई बढवा दिने जनता-जनताबीचको सुमधुर सम्बन्ध नै हाम्रो द्विपक्षीय मित्रताको आधारशिला भएको बताएका छन् । ‘हामी यो विशेष दिन मनाउने क्रममा दुई राष्ट्रबीच यी अमूल्य सम्बन्धप्रति हाम्रो शान्ति, सहयोग र पारस्परिक समृद्धिलाई प्रबर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौँ’ उनले उल्लेख गरेका छन्।

विदेशमन्त्री ब्लिन्केनले अमेरिकी जनता र सरकारको तर्फबाट दिवसको विशेष अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्  ।