अन्तर्राष्ट्रिय

श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते

By खबरहब

October 20, 2023

कोलम्बो- मध्य श्रीलङ्काको बदुल्ला जिल्लामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका छन् ।

सरकारद्वारा सञ्चालित बस सडकबाट १०–१५ फिट तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई नजिकैको स्थानीय अस्पतालमा लगिएको पनि प्रहरीले जनाएको छ ।

उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस भिरबाट खस्दा दुर्घटना हुन गई एक जनाको मृत्यु तथा १८ जन घाइते भएका थिए ।