खेलकुद

फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा

By खबरहब

December 20, 2023

काठमाडौँ– फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टरका लागि माटियो कोभासिस र बर्नाडो सिल्भाले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त गरेको थियो । 

खेलमा सिटीले पहिलो गोल नै उरावाका मारुस क्रिष्टोफरको आत्मघाती उपहार पाएको थियो । त्यसपछि ५२औँ र ५९औँ मिनेटमा गोल थप्दै सिटीले ३–० को जित निकालेको थियो ।

अब, सिटीले उपाधिका लागि दक्षिण अमेरिकी ब्राजेलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।