खेलकुद

इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश

By खबरहब

December 20, 2023

काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिचले गोल गरे भने न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गरेका थिए ।

यसअघि न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएका थिए । निर्धारित र थपिएको समयमा समेत थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

यस्तै फुल्हम र मिडल्सवर्गले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।