तस्विर सिन्ह्वा

अन्तर्राष्ट्रिय

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

By खबरहब

December 20, 2023

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् ।

चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले  दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताएका छन् ।

यस वर्षमा चीन तथा रूसबीचको द्विपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उनले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताएका छन् ।

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।