युद्ध / शान्ति

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर

By खबरहब

December 20, 2023

काठमाडौं – डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ ।

आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको हो ।

शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समयदेखि शान्ति सेना फिर्ता गर्न माग गर्दै आएको थियो ।

कंगो सरकारको माग अनुसार नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले यस्तो निर्णय गरेको बताइएको छ । हाल कंगोमा रहेका १४ हजार विदेशी सेना यही वर्षको अन्तिमसम्ममा फिर्ता हुनेछन् ।

नेपालबाट पनि कंगोमा शान्ति सेना पठाउँदै आइएको थियो । हाल नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।

कंगोमा शान्ति सेना नपठाउने राष्ट्रसंघको निर्णय बारे नेपाली सेनालाई औपचारिक जानकारी भने नआएको बताइएको छ ।