सांकेतिक तस्बिर

देश/प्रदेश

लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

December 20, 2023

तनहुँ– इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागूऔषध बरामद भएको हो । प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।