खेलकुद

धनगढीलाई हराएको झापाको प्ले अफमा दाबेदारी

By खबरहब

December 20, 2023

काठमाडौं – झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्ले अफ दाबेदारी कायम राखेको छ ।

आज भएको खेलमा धनगढी एफसीको अपराजित यात्रालाई रोक्दै झापाले प्ले अफ दाबेदारी कायम राखेको हो ।

अहिलेसम्म अपराजित धनगढीलाई आज झापाले २–० गोल अन्तरले हरायो । झापालाई जिताउन अञ्जन विष्टले ५३ औं तथा समिराज थोकरले ७६ औं मिनेटमा गोल गरे ।

जितसँगै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारपछि पनि धनगढीको प्ले अफ संभावना कायम छ । ७ खेलबाट १२ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।