सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

December 20, 2023

बारा – बाराको निजगढ नगरपालिकास्थित भमरामा आज दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती–३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी–२ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।