फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतविभाजन

By खबरहब

January 21, 2023

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुखका लागि आज बस्ने बैठकमा मतविभाजन हुने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचनका लागि मतविभाजन प्रक्रिया सुरु हुने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ।

उपसभामुखका लागि सत्तापक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन्।

रानालाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी छन् भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्।

कांग्रेसकी यादवलाई बद्री पाण्डेले प्रस्तावक गर्दा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्लले समर्थन गरेका छन्।