ब्रेकिङ स्टोरी

सभामुख घिमिरेद्वारा पहिलो सर्वदलीय बैठक आह्वान

By खबरहब

January 21, 2023

काठमाडौँ – सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।

आफू सभामुख बनेपछि उनले पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका हुन्।

नवनिर्वाचित सभामुख घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बिहान ११ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने र समन्वय गरेर जानेबारेमा छलफल गर्ने तयारी छ। घिमिरेले आजैदेखि बैठक सञ्चालन गर्ने सचिवालयले जनाएको छ।

यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।