राजनीति

उपसभामुख चयनका लागि बैठक जारी

By खबरहब

January 21, 2023

काठमाडौँ– प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक जारी छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छिन्।

 रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन्।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा  नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ-आफना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन् ।