राजनीति

स्थापना दिवसको अवसरमा मुख्यमन्त्री रावलद्वारा शुभकामना 

By खबरहब

January 21, 2023

अत्तरिया– सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालको संविधान २०७२ जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागू भए पश्चात् २०७४ साल माघ ७ गते पहिलो प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्‍याउने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु’, सन्देशमा भनिएको छ ।