तस्वीर- एपी

अन्तर्राष्ट्रिय

तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु

By खबरहब

January 21, 2023

काठमाडौँ- नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । तिब्बतको निङ्चीमा हिमपहिरो जाँदा २८ जनाको मृत्यु भएको हो ।

उक्त हिमपहिरो मङ्गलबार साँझ करिब ८ बजे गएको जनाइएको छ । हिमपहिरो गएको क्षेत्रमा खोज तथा उद्धार कार्य शुक्रबार साँझ साढे ५ बजे सकिएको थियो ।

हिमपहिरोपछि काउन्टीलाई निङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू(धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।