तस्वीर- युनिफिल

अन्तर्राष्ट्रिय

शान्ति सेनाद्वारा लेबनान र इजरायलको सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

By खबरहब

January 21, 2023

काठमाडौँ- लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल युनिफिलले लेबनान र इजरायलबीचको सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाकी प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएकी छिन् ।

‘हामी दुबै पक्षहरूसँग निरन्तर सम्पर्कमा छौं र ब्लु लाइन नजिकका कुनै पनि गतिविधिहरूको संवेदनशीलतालाई जोड दिन्छौं’ उनले उल्लेख गरेकी छिन् ।

लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी आएको हो ।