फाइल तस्वीर

खेलकुद

प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

By खबरहब

January 21, 2023

रामेछाप – रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ ।

आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो ।

प्रयोगितामा पहिलो हुने चितवन नेकपा ९एमाले०का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले रू दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । दोस्रो भएको रामेछापले रू एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले रू ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले रू ३० हजार नगदप्राप्त गरेको छ ।