बलिउड/हलिउड

पठान एक हजार करोड क्लबमा पुग्ने निश्चित

By खबरहब

February 21, 2023

मुम्बई– बलिउडका बादशाह शाहरुख खान अभिनीत पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

 सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरू चलिरहेका छ ।

 उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । 

 करिब ४ वर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफूलाई ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टि गरेको बलिउड समीक्षकहरूले बताउँन थालेका छन ।