फाइल तस्वीर

क्रिकेट

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको चुनौती

By खबरहब

February 21, 2023

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिएका छन् ।

केहीबेरपछि नेपालले जबाफी ब्याटिङ गर्नेछ ।