राजनीति

सोमबार निधन भएका पूर्वमन्त्री श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

By खबरहब

February 21, 2023

काठमाडौँ- सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, वामपन्थी बुद्धिजीवी एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । दमलगायत रोगबाट पीडित ८८ वर्षीय श्रेष्ठको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।