फाइल तस्वीर

देश/प्रदेश

पृथ्वी राजमार्गको पैदलमार्ग निर्माण

By खबरहब

February 21, 2023

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ ।

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदलमार्ग निर्माण थालेको हो । यसअघि पैदलमार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो । पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ । बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ ।

उक्त कार्य गाउँपालिकाले ६२ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।