तस्वीर- न्याटजियो

पर्यटन

मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण

By खबरहब

February 21, 2023

मनाङ- हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गरेकी छिन्।

अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उनी फेब्रुअरी १ मा त्यसतर्फ गएकी थिइन् । दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका–७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेर पर्वतारोहणमा भाग लिँदै आएकी छिन् ।

उनले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहण गरिसकेकी नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । आरोहणमा गएकामध्ये नौ जनाले मात्रै हिमाल आरोहण गर्न सफल भएको बताइएको छ ।