सांकेतिक तस्बिर

अपराध

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

February 21, 2023

काठमाडौँ- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका ९ घर भई काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारी रहेको प्रहरीले जनाएको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका १५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।