देश/प्रदेश

फोहोरमैला व्यवस्थापन गर्न डोटीका व्यापारीलाई डोको

By खबरहब

February 21, 2023

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ।

‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारीलाई डोको वितरण गरिएको हो । स्थानीय स्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए।

उनले भने, ‘डस्टबिनका रूपमा डोकोको प्रयोग गर्दा स्थानीय स्तरमा निर्माण गरिएका कच्चापदार्थको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने छन् ।’  स्थानीय स्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रूपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।