फाइल फोटो

देश/प्रदेश

पातारासीमा ३६ किलोमिटर सडक निर्माण

By खबरहब

February 21, 2023

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् ।  ती योजनामा नौ करोड १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।