प्रतिकात्मक तस्वीर

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

February 21, 2023

काठमाडौँ- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठोरी गाउँपालिका १ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।