देश/प्रदेश

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेबाट सुरु हुने

By खबरहब

February 21, 2023

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी दिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए । उनले कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले बताए ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।