सांकेतिक तस्बिर

समाचार

झापामा एक युवाद्वारा आत्मदाहको प्रयास

By खबरहब

February 21, 2023

झापा – झापामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार बिर्तामोड–७ का ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार विजयको शरीरको पछाडिको भागमा जलेको छ । उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालको एचडियू कक्षमा उपचार भइरहेको छ।

घरायसी र आर्थिक कारण आत्मदाहको प्रयास गरेको हुनसक्ने प्रहरीले बताएको छ ।चौधरी बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा चालकको रूपमा काम गर्दै आएका थिए।