खेलकुद

नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल

By खबरहब

February 21, 2023

काठमाडौं – नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल नियुक्त भएका छन् । यसअघि यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका गुलशन झा यूएईमा हुने विश्व क्रिकेट लिग टू अन्तर्गतको सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तान जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् ।नेपालसहित कतार, हङकङ, मलेसिया, सिङ्गापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।