फाइल तस्वीर

राजनीति

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याउनुपर्छ : महामन्त्री थापा

By खबरहब

March 21, 2023

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरुले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

मंगलबार कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियालाई कुनै पनि बहाना लम्ब्याउन नहुने बताए ।

‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अफ्ठ्यारो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ,’ उनले भने ।

संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानून र मान्यताविपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए ।