फाइल फोटो

ब्रेकिङ स्टोरी

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : नेता कोइराला

By खबरहब

March 21, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै अब कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताए ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन नहुने बताए ।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए ।