राजनीति

गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

By खबरहब

March 21, 2023

काठमाडौँ- नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधारबिना मुलुकको हित नहुने भन्दै सङ्घीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारेका थिए । सङ्घका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरेका थिए ।