राजनीति

नेकपा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम सुरु

By खबरहब

March 21, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो ।

७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन् ।

तालिममा दर्शन, अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ । माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ ।