देश/प्रदेश

आज राति तीन प्रदेशमा वर्षाको सम्भावना

By खबरहब

March 21, 2023

काठमाडौं – मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गरहावाहुरीरअसिनासहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।