क्रिकेट

एसीसी प्रिमियर कप : नेपाल टस हारेर ब्याटिङमा

By खबरहब

April 21, 2023

काठमाडौँ – काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ । ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो।