फाइल फोटो

राजनीति

‘सरकार विकास र समृद्धिको लक्ष्यका साथ अघि बढिरहेको छ’

By खबरहब

April 21, 2023

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।

अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको उनले बताए । उनले निजि क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखे ।

उनले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दावी गरे ।