देश/प्रदेश

सभापोखरी ५ को वडा कार्यालयमा तालाबन्दी

By खबरहब

April 21, 2023

सभापोखरी– संखुवासभाको सभापोखरी गाउँपालिका ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाको भवन अहिलेसम्म पनि संचालनमा नआएको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले वडा नम्बर पाँचको कार्यालय भवनमा अहिलेसम्म वडाध्यक्ष र सचिव कार्यालयमा नबस्ने गरेको स्थानीयहरुको आरोप छ ।

स्थानीयहरुले पटक पटक अनुरोध गर्दा पनि कार्यालयमा वडाध्यक्षय र सचिव उपस्थित नहुने गरेको बताइएको छ । सोही विषयमा वडा कार्यालयबाट हुने सम्पूर्ण काम कारवाही वडा कार्यालयबाट नै हुनुपर्ने माग राख्दै वडाबासीहरुले तालाबन्दी गरेका हुन् । एक महिनाभित्र वडा कार्यालयमा काम नभए जस्तोसुकै कदम चल्ने उनीहरुले चेतावनी दिएका छन् ।

कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेपछि समस्या समाधान गर्न अहिले छलफल भइरहेको वडाध्यक्ष मनिष लिम्बुले जानकारी दिए ।