राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

By खबरहब

April 21, 2023

काठमाडौँ– भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।