क्रिकेट

आईपीएल : रोचक खेलमा कोलकोत्ताविरुद्ध लखनउ एक रनले विजयी

By खबरहब

May 21, 2023

काठमाडौं, जेठ ७ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोचक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनमा समेटिएको हो ।

शनिबार नै भएको पहिलो खेलमा चेन्नई सुुपर किङ्ससँग दिल्ली क्यापिटल्स ७७ रनले पराजित भएको थियो । यो जितसँगै चेन्नई र लखनउ आईपीएलको प्लेअफमा पुगेका छन् ।

आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा राति रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ । गुजरातले प्लेअफमा स्थान बनाइसकेको छ भने बैंग्लोर र मुम्बई प्लेअफका लागि संघर्षरत छन् । सनराइजर्स हैदरावादको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।