विराटनगर – गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्।
विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीका डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुध नगरका सहायक हवलदार ३१ वर्षीय राजा साह घाइते भएका हुन्।
उनको कोसी अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरू भने फरार हुन सफल भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।