तस्वीर : रासस

ब्रेकिङ स्टोरी

भारतसँग नडराउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको आग्रह

By खबरहब

May 21, 2023

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र भारतसँग आफ्ना कुरा राख्न नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रको हितमा बोल्न मनमा चिरो राख्न नपर्ने बताएका हुन् ।

‘भारत हाम्रो मित्र राष्ट्र र छिमेकी दुवै हो आफ्ना कुरा भन्न डराउनु हुँदैन। मनमा चिसो पनि राख्न हुँदैन। डर पनि मान्नु पर्दैन।’ ओलीले भने ।

प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे खुलेर कुरा राख्न भनेका छन् ।