ब्रेकिङ स्टोरी

‘नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन्, दोषी उम्कदैनन्’ 

By खबरहब

May 21, 2023

काठमाडौं– नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दोष नउम्कने दाबी गरेको छ । 

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नउम्कने बताएका हुन् । 

यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दोष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए । 

यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दोष फस्ने स्थिति नआउने दाबी गरेका हुन् ।