प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

कर्णालीमा डुबेर एक किशोरको मृत्यु

By खबरहब

May 21, 2023

धनगढी– कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो ।