फाइल फोटो

ब्रेकिङ स्टोरी

काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

By खबरहब

July 21, 2023

काठमाडौँ–  भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै शनिबार बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

टेकु सबस्टेसन स्तरोन्नतिका लागि प्रथम चरणको निर्माण कार्य सम्पन्न गर्न विद्यमान इनकमर प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले सेवा प्रभावित हुने भएको हो । 

उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा मात्र सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।