सांकेतिक तस्बिर

अपराध

७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार, दुई जना पक्राउ 

By खबरहब

July 21, 2023

दाङ– दाङमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । 

वृद्धामाथि बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम बिक रहेका छन् ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।