ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरण : सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अन्यको मुद्दा खारेज

By खबरहब

July 21, 2023

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबार सचिव राउतको हकमा अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतले अन्य प्रतिवादीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दा भने खारेज गरेको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।